२०८३ जेष्ठ २८ बिहीबार

६८ औं प्रहरी दिवस २०८० को अवसरमा रक्तदान कार्यक्रम

काँकरभिट्टा । ६८ औं प्रहरी दिवस २०८० को अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्रावधिक सहयोगमा शुक्रबार मेचीनगर-६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । जसमध्ये, ३० पुरुष र ४ जना महिलाले रक्तदान गरेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारतीले बढ्दो डेंगी रोगका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा मेची सामुदायिक सेवाकेन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इन्चार्ज प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठ, मेची सामुदायिक सेवा केन्द्रका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठ, पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

इप्रका काँकरभिट्टाका डिएसपी दिपक भारतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

२०८० आश्विन २६, शुक्रबार प्रकाशित 1 Minute 641 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।