२०८३ जेष्ठ २१ बिहीबार

इजरायल-हमास युद्ध: अहिलेसम्म २१०० जनाको मृत्यु

गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ।

बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजा ९ सय जना मानिस मारिएका छन्।

इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।

द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए।

इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ।

२०८० आश्विन २४, बुधबार प्रकाशित 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।