झापा । हल्दिबारीमा एक छात्रा झुन्डिएको अवस्थामा बुधबार बिहान मृत फेला परेकी छिन् । हल्दिबारी गाउँपालिका- ४ बस्ने अन्दाजी १५ वर्षीया सुस्मिता रायालाई आफ्नै घरको बरन्डा कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुस्मिता हल्दिबारी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत थिइन् । उनका भाइले दिदी मृत अवस्था देखेपछि छरछिमेकलाई खबर गरेका थिए । मृतक सुस्मिताका बुवा वैदेशिक रोजकारका लागि साउदी अरब रहेका छन । उनी भाइ र आमा एक घरमा भाडामा बसोबास गर्दै आएका थिए । जलथल प्रहरी चौकी टोली घटना स्थलमा पुगेर घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



