झापा । दमकमा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका-२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाट नजिकै बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ५५/६० वर्षको जस्तो देखिने महिलाको शवको भने पहिचान खुलेको छैन । मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाको बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



