२०८३ जेष्ठ २१ बिहीबार

सुन तस्करी प्रकरण: पूर्वसभामुख महराका छोरासहित चार जनालाई मुद्दा चलाउन सिआइबीको राय

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विद्युतीय चुरोट (भेप) मार्फत् अवैध सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनामाथि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ।

सिआइबीले शुक्रबार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै राहुल महरासँगै दावा छिरिङ, लोकेन्द्रबहादुर पौडेल र निमा गुरूङविरूद्ध मुद्दा चलाउन राय दिएको हो। योसँगै पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध भने मुद्दा चलाउनु नपर्ने सुझाएको सिआइबीका एक अधिकारीले बताएका छन्।

सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले पनि राहुल महरासहित चार जनाविरूद्ध मुद्दा चलाउन राय आएको बताए।

‘यस विषयमा हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘अध्ययन सकेर दर्ता गर्ने कि नगर्ने निर्णय हुन्छ।’

२०८० आश्विन २१, आईतवार प्रकाशित 1 Minute 539 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।