२१ असोज, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजावी सुनको मूल्य एक लाख सात हजार १०० र चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ तोकिएको छ ।
यस अघि शुक्रबार एक लाख सात हजार ३०० मा छापावाल सुन, एक लाख ६ हजार ८०० मा तेजावी सुन र एक हजार ३१० रुपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



