झापा । माइधारमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत माइधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीन जना गम्भीर घाइते भएकोमा एक जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तीनै जना पुरुष रहेको बताइएको छ हाल सम्म कसैको परिचय खुल्न सकेको छैन ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०१(०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिम तर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ सवारी एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जना घाइते भएका थिए । उनीहरू कसैको परिचय खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान ३ बजेको समयमा भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



