२०८३ जेष्ठ २८ बिहीबार

मेचीनगर लेडि जेसिजले सन् २०२४ का लागी नेपाल जेसिजको क्षेत्र क सम्मेलन आयोजना गर्ने

मेचीनगर । मेचीनगर लेडि जेसिजले आउदो सन् २०२४ का लागी नेपाल जेसिजको क्षेत्र क सम्मेलन आयोजना गर्ने अवसर प्राप्त गरेको छ । शनिबार मध्य राति बिराठनगरमा सम्मपन्न क्षेत्र क सम्मेलनमा निर्वाचन पद्धतीमा गई बिजयी बनेपछि क्षेत्र क सम्मेलन आयोजना गर्ने मौका पाएको हो ।

देसभरका ४२ शाखाका सयौ पदाधिकारीहरुको उपस्थितीमा भएको सम्मेलनमा मेचीनगर लेडि जेसिज बिजयी बनेको मेचीनगर लेडी जेसिजकी संस्थापक अध्यक्ष कविता शर्माले जानकारी दिनुभयो । बिरता लेडी जेसीज र मेचीनगर लेडी जेसिज बिच क्षेत्र क सम्मेलन आयोजनाका लागी बिडिङ भएको थियो ।

सो अन्तरगत सहमती नभएपछि निर्वाचन पद्धती मार्फत आएको नतिजामा मेचीनगर लेडी जेसिजको पक्षमा ३३ मत र बिरता लेडी जेसिजको पक्षमा ९ मत झरेको थियो । जम्मा ४२ शाखाका अध्यक्ष हरुले मतदान गर्नुभको थियो । मेचीनगर लेडी जेसिजको यो जित झापाका जेसिजहरुकै जित भएको मेचीनगर लेडि जेसिजकी अध्यक्ष रश्मि थापाले बताउनुभएको छ ।

बिडिङका क्रममा मेची नगर लेडी जेसिज तथा बिरता लेडि जेसिजले आआफ्नो क्षेत्र क सम्मेलनका लागी कार्ययोजना सहितको आकर्षक भिडियो डकुमेन्ट्रि प्रस्तुत गर्नुभएको थियो । मेचीनगर लेडी जेसिजको यो जितमा मातृ शाखा धुलाबारी जेसिज साथै बाहुनडागी जेसिज, चाराली जेसिजका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो भने अन्य देसभरका ४२ शाखाका अध्यक्ष तथा पदाधिकारी हरुको साथ रहेको थियो । मेचीनगर लेडी जेसीजको यो जितमा साथ दिनुभएका तथा मतदान गरि बिजयी गराउनुभएको सम्पुणर्मा धन्यवाद पनि ज्ञापन गरिएको थियो । बिराठ नगरमा सम्मपन्न सम्मेलनमा मेचीनगर लेडी जेसिजका ३० जना पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

२०८० आश्विन १५, सोमबार प्रकाशित 0 Minutes 482 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।