२०८३ जेष्ठ २८ बिहीबार

एमाले कर्णाली अधिवेशनमा मतगणना सुरु

१५ असोज, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले सिटी हलमा मतगणना सुरु भएको जानकारी दिए ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो । सोमबार बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि प्राविधिक तयारीका कारण केही घण्टा ढिलो सुरु गरिएको हो ।

नेतृत्व चयनका लागि आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो । ६०९ जना मतदानमा सहभागी भएका थिए ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् । शाह र शाही प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ।

२०८० आश्विन १५, सोमबार प्रकाशित 0 Minutes 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।