२०८३ जेष्ठ २१ बिहीबार

काँकरभिट्टा खानेपानीको साधारण सभामा सम्मान

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न सो साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राजकुमार पराजुलीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । विशिष्ठ अतिथिमा संघीय खानेपानी आयोजना इन्जिनियर सुजित कुमार महतो रहेका थिए ।

साधारण सभामा संस्थाको प्रतिवेदन अध्यक्ष पराजुलीले वाचन गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संस्थाका कार्यसमितिका पदाधिकारीहरु र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीको रुपमा यामप्रसाद पोखरेल र नियमित महशुल बुझाउने ग्राहकहरु टीका थापा, सानुमायाँ चौलागाँई र टीकाराम कट्टेललाई सम्मानसमेत गरिएको थियो । संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको संचालन सचिव दीलिपजङ्ग सुव्वाले गरेका थिए ।

२०७९ पुष २२, शुक्रबार प्रकाशित 0 Minutes 1021 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।