२०८३ जेष्ठ २८ बिहीबार

बुद्धशान्तिमा लोहार दम्पती सँगै झुन्डिए, श्रीमतीको मृत्यु, श्रीमान् चिन्ताजनक

बुद्धशान्ति । बुद्धशान्तिमा श्रीमान् र श्रीमतीसँगै झुन्डिएकोमा श्रीमतीको मृत्यु भएको छ । श्रीमानको  चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

मङ्गलवार राति करिब १० बजेतिर बुद्धशान्ति गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष् लोहार र उनकी २२ वर्षीया श्रीमती प्रिया लोहार घरको कैँचीमा सँगै झुन्डिएका थिए । घरका सदस्यहरूले थाहा पाएर दुवैको पासो काट्दा प्रियाको मृत्यु भइसकेको थियो । आशिष्लाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटलमा भर्ना गरिएको छ ।

उनको त्यही उपचार भइरहेको बुद्धशान्ति– ४ का वडाध्यक्ष शेरबहादुर रायले बताए । उनीहरूका ५ वर्षका छोरी छन् । परिवारसँग छुट्टिएर लोहार दम्पती एकतले मूल घरको बरन्डा कोठामा बस्दै आएका थिए । त्यही कोठामा उनीहरूसँगै झुन्डिएका थिए । उनीहरू झुन्डिनु पर्ने कारणसहित घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

२०८० आश्विन १२, शुक्रबार प्रकाशित 1 Minute 366 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।