गृह मन्त्रालयले दैनिक योग अभ्यास गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएको छ।
उपसचिव भीमकान्त शर्माले सबै महाशाखाका प्रमुखहरूलाई गरेको पत्राचारमा बिहान कम्तीमा १५ मिनेट योग अभ्यास गर्नुपर्ने उल्लेख छ।

‘अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन बिहान १० बजेर १५ मिनेटभित्र अनिवार्य रूपमा कम्तीमा १५ मिनेट योग अभ्यास/ध्यान गरेरमात्रै आ-आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउनुहुनका साथै अन्य कर्मचारीहरूलाई योग प्रशिक्षण गरिसकेपछि सोही अनुरूप योग/ध्यान गर्ने व्यवस्था र वातावरण बनाउनुहुन समेत निर्देशानुसार सादार अनुरोध छ,’ पत्रमा उल्लेख छ।
पत्रमा अधिकृतदेखि उच्च तहका कर्मचारीहरूले योग अभ्यासको तालिम पाइसकेको भन्दै अन्य तहका कर्मचारीका लागि पनि छिट्टै तालिमको व्यवस्था गरिने उल्लेख छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



