२०८३ आश्विन १७ शनिबार

चाडपर्वलक्षित यात्रु सहायता कक्ष काँकरभिट्टामा स्थापना

काँकरभिट्टा । नजिकिदँै गरेको हिन्दुहरुको महान चाडपर्वहरु दशैँ, तिहार, छठलाई लक्षित गरी पूर्वी नेपालको सीमानाको सहर काँकरभिट्टा हुँदै देशका विभिन्न स्थानमा स्थलमार्गबाट यात्रा तय गर्ने यात्रुहरुलाई लक्षित गर्दै प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।


शुक्रबार काँकरभिट्टामा औपचारिक उद्घाट्न गरिएको उक्त सहायता कक्ष नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, नागरिक समाज, स्थानिय तहको समन्वयमा स्थापना गरिएको ट्राफिक पोष्ट काँकरभिट्टाका प्रमुख नारायण राईले बताउनु भयो ।


भारत तथा तेस्रो मुलुकबाट यस सिमाना मार्फत नेपाल भित्रने यात्रुहरुका लागि आवश्यक समन्वय, परामर्श तथा भैपरी आउने समस्या समाधानको निम्ति उक्त यात्रु सहायता कक्षले काम गर्नेछ ।

२०८३ आश्विन १६, शुक्रबार प्रकाशित 0 Minutes 88 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।