२० हजारको परीक्षणमा ८,६०५ मा कोरोना

२० हजारको परीक्षणमा ८,६०५ मा कोरोना
झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६०५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा २० हजार ७५६ जनाको स्वाब परीक्षण गर्दा ८ हजार ६०५ अर्थात ४१.४५ प्रतिशतमा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९३...

एकैदिन ५५ को मृत्यु, ७, ५८७ संक्रमित

एकैदिन ५५ को मृत्यु, ७, ५८७ संक्रमित
झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ७,५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजिन विधिबाट...

हालसम्मकै सर्वाधिक ७,१३७ जनामा कोरोना

हालसम्मकै सर्वाधिक ७,१३७ जनामा कोरोना
झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार १३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको हो । यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या तीन लाख ३६...

२४ घण्टामा ५,७०६ संक्रमित थपिए

२४ घण्टामा ५,७०६ संक्रमित थपिए
झापा । नेपालमा थप पाँच हजार ७०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । देशमा पछिल्लो २४ घण्टामा...

झापासहित २२ जिल्लामा संक्रमण दर डरलाग्दो : स्वास्थ्य मन्त्रालय

झापासहित २२ जिल्लामा संक्रमण दर डरलाग्दो : स्वास्थ्य मन्त्रालय
झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड-१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था रहेको बताएको छ । मन्त्रालयले नेपालका २२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमण फैलने दर डरलाग्दो गरी फैलिएको बताएको छ । कोभिड १९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित २२ जिल्लाहरू (मोरङ, सुनसरी, झापा, पर्सा, बारा,...

पाँच हजार ६५७ संक्रमित, ३३ जनाको मृत्यु

पाँच हजार ६५७ संक्रमित, ३३ जनाको मृत्यु
झापा । पछिल्लो २४ घण्टामा ५ हजार ६५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ...

झापामा तत्काल निषेधाज्ञा हुँदैन: प्रमुख जिल्ला अधिकारी तिम्सिना

झापामा तत्काल निषेधाज्ञा हुँदैन: प्रमुख जिल्ला अधिकारी तिम्सिना
झापा । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताएका छन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड-१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले निषेधाज्ञा जारी नहुने बताए । जिल्लामा हालसम्म कोभिड-१९ का २३९ सक्रिय सङ्क्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका...

होटल व्यवसायी निरौलाको हत्या कि आत्महत्या ?

होटल व्यवसायी निरौलाको हत्या कि आत्महत्या ?
विर्तामोड । गाउँले होटलका सञ्चालक तिलक निरौलाको नियोजित रुपमा हत्या भएको परिवारले दावी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै निरौला पत्नी यशोदाले श्रीमानको आत्महत्या नभई हत्या नै भएको दावी गरेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानको पहिलो प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाई सकेको छ । प्रतिवेदनमा प्रहरीले हत्या भएको...

अर्जुनधाराका एक युवाको कोरोनाबाट मृत्यु

अर्जुनधाराका एक युवाको कोरोनाबाट मृत्यु
अर्जुनधारा । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा-६ का पुरुष रहेका छन् । उनको उपचारका क्रममा बिहिबार बिहान कोशी हस्पिटल विराटनगरमा मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । ती संक्रमितको परिवारका चारैजना संक्रमित भएका थिए । गएको चैत १९ गते मृतकको स्वाब संकलन...

गाउँले होटल सञ्चालकको मृत्यू प्रकरण: दुरुत्साहनका कारण आत्महत्या

गाउँले होटल सञ्चालकको मृत्यू प्रकरण: दुरुत्साहनका कारण आत्महत्या
विर्तामोड । झापा प्रहरीले गाउँले होटल बिर्तामोडका सञ्चालक तिलक निरौलाको घटनाबारे सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदनमा घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई जनाले आत्महत्या दुरुत्साहन गरेको खुलाइएको छ । घटना भएको २४ औं दिनमा प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै हालसम्मको अनुसन्धानमा अपहरणपछि हत्या नभएको...