झापा । पूर्वी सीमावर्ती नेपाल भारतको काँकरभिट्टालगायतका नाकाबाट अवैध रुपमा भएको चोरी तस्करीका १ करोड बढीका सामान प्रहरीले पक्राउ गरेका छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले करिब ८ महिनाको अवधीमा अवैध रुपमा नेपाल तथा भारत भित्राउने क्रममा १ करोड ४२ लाख ८० हजार ६ सय ४४ रुपैया बराबरको विभिन्न सामाग्री मेची भन्सार कार्यालय काँकरभिट्टामा आवश्यक कारबाहीका लागी बुझाएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले बताए ।
महतोका अनुसार सीमा क्षेत्रबाट हुने अवैध चोरी तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागी विभिन्न सुरक्षा तैनाथ तथा सुराखी व्यवस्थापन गरेर नियन्त्रणसँगै ठुलो परिणामका सामान पक्राउसँगै यस्ता गतिविधिमा संग्लन अपराधिहरुलाई कम्जोर तुल्याएको बताए ।
भारतको पश्चिमसँग सीमा जोडिएको मुख्य नाका काँकरभिट्टासँग करिब ३५ कि.मिको खुल्ला सीमा नाकाबाट पक्राउ गरिएका सामाग्री, सवारी साधन, सटिङ सुटिङ, मोटरपार्टस, इलेक्ट्रनिक्स, मकै, सुपारी किराना सामान लगायतका छन् ।
यसैक्रममा, शनिबार मेचीनगर-८ स्थित खडिया बस्ती टोलको गाईगोेठमा राखेको २० लाख रुपैयाँ बराबरका लत्ताकपडा प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले उक्त सामान पक्राउ गरी मेची भन्सार कार्यालयमा बुझाएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
बेला मौकामा प्रहरी कै संग्लनतामा अवैध धनदा हुने गरेको गुनासो पनि नभएको होइनन् ।
डिएसपी महतोले कमाण्ड सम्हालेपछिको करिब ८ महिनाको अवधिमा ठुलो परिणामको सामान पक्राउ गरेको मेची भन्सारको तत्याङकले देखाउछ । सीमामा नेपाल प्रहरी मात्र छैन, उहीँ उदेश्य र जिम्मेवारी पूरा गर्न शसस्त्र प्रहरी पनि तैनाथ छ ।