
काठमाडौं । राष्ट्रिय युवा संघको आयोजनामा फागुन दोस्रो साताकेपी ओली कप फुटबल च्याम्पियनसिप हुने भएको छ। संघले फागुन ११ देखि १७ सम्म प्रतियोगिताको मिति निर्धारण गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा एडिभिजनका ७ र आयोजकसहित ८ टिम सहभागी हुनेछन्। सहभागी टिमको छनोट खुला आवेदनबाट गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदान ललितपुर र फाइनल दशरथ रंगशालामा गर्ने युवा संघको तयारी छ। लिग चरणका खेल एन्फा कप्लेक्सको खेल मैदानमा पनि हुनेछन्।
विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उदीयमान खेलाडीले पचासरपचास हजार जित्नेछन्।
व्यावसायिक फुटबललाई प्रवर्द्धन गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा गोल्डकप आयोजना गर्न लागिएको युवा संघले जानकारी दिएको छ।