२०८१ बैशाख १५ शनिबार

यू–१९ क्रिकेट विश्वकपको एशिया छनोटका लागि टिमको घोषणा

काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आउँदो महिना यूएईमा हुने छनोट प्रतियोगिताका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो ।

टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन् ।

यस्तै, देव खनाल, उत्तम थापा मगर सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी, दीपेश कँडेल र मिलन बोहरा पनि टिममा छन् ।

प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव भने बैकल्पिकको सूचिमा परेका छन् ।

२०७९ माघ ८, आईतवार प्रकाशित 0 Minutes 224 Views

ताजा समाचार