शर्माले स्थापित गरेको संस्कारको निरन्तरता :

विहीबार विहान मेचीनगर नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ पुगेर प्रतिनिधि सभामा निर्वाचित बनेका विश्वप्रकाश शर्मा तथा प्रदेश सभामा निर्वाचित गोपाल तामांगलाई प्रतिस्पर्धी क्रमशः अग्नी खरेल तथा रविन कोइरालाले बधाई दिएका छन् ।

यसअघि २०७० र २०७४ सालमा पराजित बन्दा काँग्रेसका विश्वप्रकाश शर्माले झापाको सदरमुकाम चन्द्रगढी पुगेर विजेता रविन कोइराला र राम काकीलाई माला अर्पिदा शर्माले देखाएको उच्च राजनैतिक संस्कारको देशैभर चर्चा गरिएको थियो । यो पटक सोही संस्कारलाई निरन्तरता दिँदै खरेल र कोइरालाले माला, खदा र अविर लगाई दिएका थिए ।

कार्यकाल सफलताको शुभकामना दिँदै जनताले दिएको अभिमतको पक्षमा सँधै काम गर्न विजेतालाई सुझाव प्रकट गरेका थिए ।