झापा–१ (२) बाट राप्रपाकी सबिना बजगाई विजयी

मेचीनगर, ७ मंसिर । झापा–१ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् ।

बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् ।

महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार ६१२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी लिम्बुले १२ हजार २२४ मत पाएका छन् ।