११ हजार मत गन्न बाँकी हुँदा विश्वप्रकाशले लिए १२ हजारको अग्रता

झापा । झापा-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ ।

यहाँ मतगणना भने जारी छ । अब ११ हजार ३ सय ९१ मत गणना गर्न बाँकी छ। तर विश्वप्रकाश १२ हजार ६ सय ८० मतान्तरले अगाडि छन् ।

यहाँ विश्वप्रकाशले ३४५०८ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २१८२८ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७०३५ मत ल्याएका छन् ।