झापा-१ प्रदेशसभा सदस्य ‘क’: २७०७५ मत गणना हुँदा तामाङ १५९६ ले अगाडी

मेचीनगर, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता लिएका छन् । २७०७५ मत गनिसक्दा तामाङको १२२७४ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले १०६७७ मत ल्याएका छन् । तामाङ र कोइरालाको १५९६ मतान्तर रहेको छ भने, प्रदेश ‘क’ मा कुल ४८९३९ मत खसेको थियोे ।