गगनलाई बधाई दिँदै विश्वप्रकाशले भने– प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई आफूले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बताएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै त्यस्तो बताएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई आफूले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बताएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै त्यस्तो बताएका हुन् ।

“जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ,” उनले फेसबुकमा लेखेका छन् ।

थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट पुनः सांसद पदमा निर्वाचित भएका छन् ।

शर्मा झापा क्षेत्र नम्बर १ मा उमेदवार छन् । उनले फराकिलाे मतान्तरसहित अग्रता कायमै राखेका छन् । झापा १ मा मतगणना जारी छ ।