५९ जना कोरोना संक्रमित हुँदा २१ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५९ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ६४२ जनाको परीक्षण गर्दा ५९ जना संक्रमित भएको पुष्टि भएको हो।

आज २१ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेका छन्। आज देशभर ८ हजार ९४५ जनाले कोरोनाविरुद्धको खोपसमेत लगाएका छन्।

नेपालमा हाल कोरोनाबाट संक्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ।