तिहार लगत्तै गठबन्धन उम्मेदवार चुनावी अभियानमा

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ मा चुनावी घरदैलो कार्यक्रमलाई गठबन्धन उम्मेदवारले निरन्तरता दिएका छन् ।

तिहार सकिए लगत्तै चुनावी अभियान लिएर भद्रपुर वडा नम्बर ९ का स्थानीय घरमा पुगेर उम्मेदवारले आफ्ना कुरा प्रस्तुत गरेका थिए ।

पछिल्लो समय राजनीतिमा युवाको सहभागिता बढ्नु पर्ने आम बुझाईका बीच गठबन्धनले प्रस्तुत गरेका युवा उम्मेदवारलाई आफ्नो साथ सहयोग रहने स्थानीयले बताएका थिए ।

घरदैलो अभियानमा क्षेत्र १ ‘क’ का प्रदेश उम्मेदवार गोपाल तामाङ, समानुपातिक उम्मेदवार बालजीत राईसहित पार्टीका महाधिवेशन प्रतिनिधि सुशिला रिजाल, प्रदेश समिति सदस्य हरि बुढाथोकी, चेतनाथ भट्टराईलगायतको टोली वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेकोे थियो ।

त्यसैगरी मेचीनगर–६ मा समेत संविधान सभा सदस्य उषा गुरुङ, जिल्ला सदस्य ललितबहादुर तामाङलगायतको टोली चुनावी अभियानमा सहभागी थिए ।