राजन चिमरियाले गरे उम्मेद्वारी फिर्ता

मेचीनगर । झापा क्षेत्र नं १ प्रदेश सभा ‘ख’ बाट उम्मेद्वारी दर्ता गराएका राजन चिमरियाले बुधबार उम्मेद्वारी फिर्ता लिएका छन् ।
नेता चिमरियाले बुधबार मेचीनगर नगरपालिका कार्यालयमा रहेको निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेद्वारी फिर्ता गरेका हुन् । माओवादी केन्द्रका नेताहरुको आग्रहमा उम्मेद्वारी फिर्ता गरेको उनले बताए । चिमरियाले गठबन्धन दलका उम्मेद्वारलाई जिताउन आफू चुनावमा होमिएको पनि स्पष्ट पारेका छन् ।
प्रदेश सभा ‘ख’ क्षेत्रबाट सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य श्यामबीर लिम्बुलाई उम्मेद्वार बनाइएको छ । सोही क्षेत्रमा एमाले राप्रपा गठबन्धनका तर्फबाट राप्रपा मेचीनगरकी अध्यक्ष सविना बजगाईं उम्मेद्वार छन् ।