४४ जना कोरोना संक्रमित थपिए, २९ निको

काठमाडौं । नेपालभर ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार २९ कोरोना संक्रमित निको भएका छन् । कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य छ । पछिल्लो एक दिनमा ८८ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।