कपनमा भएको भीषण आगलागीमा मृतकको संख्या ३ पुग्यो

झापा । राजधानीको कपनमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बुधबार साँझ ट्रेकिङ अफिसमा भएको आगलागीमा परेको तीन जनाको मृत्यु भएको काठमाडौंका प्रहरी प्रमुख भरत बहादुर बोहोराले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागीका घटनामा अन्य केही घाइते भएका छन्। उनीहरूलाई पनि टिचिङ अस्पतालमा उपचारका लागि पठाइएको छ । साँघुरो गल्लीमा आगलागी भएका कारण नियन्त्रणमा कठीनाइ भएको प्रहरीको भनाइ छ ।