भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अंग्रेजी महिलाको पहिलो दिन भारतले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

भारतको नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १.३९ रुपैयाँ र डिजेलको प्रतिलिटबर ६.१२ रुपैयाँ बढाइएको छ । यो मूल्य निगमले बिहिबारदेखि नै तिर्नुपर्ने हुन्छ । नयाँ मूल्य सूचीसँगै पेट्रोलमा दुई रुपैयाँ नाफा घटेको छ भने डिजेलमा १२ रुपैयाँ नोक्सानी हुने नेपाल आयल निगमले जनाएको छ । त्यस्तै हवाइ इन्धनमा समान्य मूल्य बढाइएको छ भने ग्यासको मूल्य प्रतिसिलन्डर एक रुपैयाँले घटेको छ ।

नेपालमा हालः पेट्रोलको मूल्य १८१, डिजेल र मट्टितेलको मूल्य १७२ र ग्यास प्रतिसिलिन्डर १८ सय रहेको छ ।