माधव नेपाललाई कोरोना संक्रमण

झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष नेपालले बिहीबार गरिएको कोरोना परीक्षणमा आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘बिहिबार गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।’