यूईईमा भीषण बाढी

झापा । संयुक्त अरब इमिरेट्स (यूएई)मा भीषण वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् ।​

शारजाह र फुजेराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन् । समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ ।

सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ । आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ । बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ ।

बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ । निरन्तर वर्षा भइरहेकोले अझै केही समय बाढीको बहाव बढ्न सक्ने भन्दै अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी दिएका छन ।