मदन भण्डारीको ७१औँ जन्मजयन्ती

झापा । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भात्री जनसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।  भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ठोट्नेमा भएको थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गरेका थिए। जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो । भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।