विषालु च्याउको जोखिम

मनोज घिमिरे

८ अप्रिलको दिन थियो। अञ्जली कारिया आफ्नी छोरीसँग खाना खाइरहेकी थिइन्। उनलाई के थाहा उनीहरूको सँगै खाना खाने त्यो नै अन्तिम दिन हुने कुरा। चिया बगानमा काम सकेपछि टाढा घर भएकाले उनी लामो पहाडी बाटो हिँडेर गन्तव्यमा पुगेकी थिइन्। बेस्मारी थाकेका कारण उनी घरमा पुग्ने बित्तिकै सुती हालिन्।

बिहान ३ बजेको थियो, उनकी ६ वर्षीया छोरी वाकवाकी र बान्ता गर्न थालिन्। छोरीलाई देखेर कारिया अत्तालिइन्। छोरीको जीउ पनि बेस्सरी हल्लिएको थियो। यो सब हेरेरै उनले रात कटाउँदै थिइन्, एक घण्टामा ससुरा र छोरा पनि उठे। उनीहरू दुवै छिनछिनमा पानी पिइरहेका थिए भने ती दुवैलाई पखाला चलेको थियो।

च्याउ खाएपछि बिरामी भएकी छोरीलाई अस्पताल लाने पैसा थिएन। एक घण्टा पनि नहुँदै उनकै पाखुरामा छोरी सुस्मिताको ज्यान गयो। छोरीको ज्यान जानुको कारण उनले पछिमात्र थाहा पाइन्।

यसपछि उनले थाहा पाइन् कि यो घटना उनको घरमा मात्र होइन, छिमेकका थुप्रै घरमा भएको छ। उनलाई यो कालरात्रि झैँ नै महसुस भएको थियो। किन यस्तो भएको भन्ने बारेमा कसैलाई केही पनि थाहा थिएन।

दिब्रुगार्हको गाउँमा रहेकी उनले बिहान घाम उदाउने बित्तिकै नजिकैको मेडिकलमा गएर छोरीका लागि सलायन पानी र औषधिको जोहो गरिन्। अन्य बिरामीका लागि एम्बुलेन्स भनिएको थियो। बचेको पैसाले छोरा र ससुरालाई अस्पताल पठाइन्। उनले छोरीलाई विस्तारै ठिक हुँदै आएको र केही समयमा नै उनी सकुशल हुने ठहर गर्दै अस्पताल पठाइनन्। त्यसको २४ घण्टा नहुँदै छोरीलाई फेरि वान्त हुन थाल्यो। त्यो समयमा उनीसँग छोरीलाई अस्पताल लाने पैसा थिएन। एक घण्टा पनि नहुँदै उनकै पाखुरामा छोरी सुस्मिताको ज्यान गयो। छोरीको ज्यान जानुको कारण उनले पछिमात्र थाहा पाइन्।

खारियाका ससुराले जङ्गलबाट च्याउ खोजेर ल्याएका थिए। त्यही च्याउ छिमेकीले पनि किनेका रहेछन्। सुस्मिताबाहेक अन्य दुई जनाको पनि च्याउको कारण ज्यान गएको तथ्याङ्कमा जनाइएको छ। ११ जना अस्पताल भर्ना गरिए। त्यो गाउँ एक महिनासम्म शोकमा डुबेको थियो।

सुन्दर चिया बगानमा काम गर्ने गरिब मजदुर हरेक वर्ष जङ्गली च्याउमै जिन्दगी बिताउने गरेका छन्।

‘म त्यो रात बिर्सन नै सक्दिन। मलाई कोही पनि बाच्दैन जस्तो लागेको थियो,’ २६ वर्षीया नेहा लामाले भनिन्। उनका दुई जना आफन्त पनि मरेका थिए। उनले दुई दिन छोरासँग अस्पतालमा बिताएकी थिइन्। उनी थप भन्छिन्, ‘हामी वर्षौँदेखि जङ्गलबाट च्याउ ल्याएर खाने गरेका थियौं। अहिले थाहा भयो कि यो जङ्गली च्याउ विषालु पनि हुन सक्दो रहेछ।’

आसाम र यसका छिमेकी राज्यमा जङ्गली च्याउ खाने प्रचलन धेरै छ। त्यसका विभिन्न परिकार बनाउने गरिन्छ। जङ्गली च्याउ त अझ धेरै स्वादिलो भएका कारण यसको सुप बनाएर खाने प्रचलन पनि छ।

मार्च र अप्रिलमा आसाममा यस्ता मृत्यु धेरै हुने गरेका छन्। चिया बगानको सुन्दरता त त्यहाँ छ। त्यसै सुन्दर चिया बगानमा काम गर्ने गरिब मजदुर हरेक वर्ष जङ्गली च्याउमै जिन्दगी बिताउने गरेका छन्।

त्यसको औपचारिक तथ्याङ्क त राखिएको छैन। तर, राज्यको स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार अप्रिल महिनामा १६ जनाको ज्यान गएको छ। यी मध्ये चिया बगानमा काम गर्ने मजदुरसँग सम्बन्धित मृत्यु हो।

सन् २००८ मा सबै भन्दा धेरै २० जनाको जङ्गली च्याउका कारण ज्यान गएको तथ्याङ्क छ। आसाम कृषि विश्वविद्यालयका प्राध्यापक दिलीपकुमार शर्माका अनुसार त्यो समयमा पनि सरकारले यसको छानबिन गर्न समिति बनाएको थियो। यसरी मर्नेमध्ये धेरै जसो बगानका मजदुर र उनीहरूको परिवार भएको पत्ता लगाएको थियो।

डा. शर्माकै अनुसार कुन च्याउ स्वादिलो र कुन च्याउ विषालु भन्ने धेरैलाई थाहा नहुने भएकाले यो समस्या आएको हो। यसको समाधानका लागि सबैलाई जागरुप बनाउनु पर्ने कुरामा शर्मा जोड दिन्छन्।

हरियो र सेतो रङ्गको च्याउ सबैभन्दा घातक हो। यसले धेरै जनाको ज्यान जाने गरेको उनी बताउँछन्। यो हेर्दा राम्रो मात्र होइन, स्वादिलो पनि हुन्छ। तर, यसले तत्काल झाडा वान्त, पखाला र जिउ दुख्ने समस्या सुरु भइहाल्छ।

सरकारले पनि विगतमा यसबाट सबैलाई सचेत गराउन सन्देश मूलक विज्ञापन सञ्चार माध्यममा प्रकाशित गरेको थियो। त्यो सबै सूचना अहिले आम मानिससम्म पुगेको छैन। समुदायका अभियन्ता भने यो काम सहज नभएको बताउँछन्।

आसामको चिया संसारमै ‘ब्रान्डेड’ मानिन्छ। ठूला अरबपतिको चिया बगानमा लगानी छ। त्यहाँ आउने पर्यटक र पाहुनाका लागि अति सुविधा सम्पन्न आवासको व्यवस्था गरिएको छ। तर, त्यहाँ काम गर्ने मजदुरको अवस्था भने त्यो रमणीय संसार भन्दा धेरै टाढा छ।

चापातोलीका धेरै चिया बगानका मजदुर टिनले छाएको घरमा बस्ने गरेका छन्। पानी चुहिने छानो छ भने राम्रो शौचालयको समेत प्रबन्ध गर्न सकेका छैनन्। उनीहरूको आम्दानीले पेट भरी खान पनि पुग्दैन। पछिल्लो समय भएको मूल्य वृद्धिले त उनीहरूको जीवनलाई झनै सकसमा पारेको छ।

कतिपय समय मानिसहरू समस्या सुरु हुने बित्तिकै अस्पताल आउँदैनन्। यसले समस्या बढाउँदै लगेर मिर्गौला कामै नलाग्ने हुनसक्छ।

खारिया ६ जनाको परिवारमा कमाइ गर्ने एक्लो व्यक्ति हुन्। उनी दैनिक १ सय ३० भारतीय रुपैयाँ कमाउँछिन्। ‘छोरीको निधनपछि सरकारी अधिकारी हाम्रो घरमा आउनु भएको थियो। उहाँहरूले यस्ता विषालु च्याउ नखानका लागि भन्नु भएको थियो। हामी यत्ति धेरै गरिब छौं कि जे पाए पनि खानै पर्छ,’ उनले भनिन्। कहिलेकाहीँ भोको बस्नु परेको अनुभव पनि उनको छ।

स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार अमान्थीया फेलोडीस नामको हरियो र सेतो रङ्गको च्याउ सबैभन्दा घातक हो। यसले धेरै जनाको ज्यान जाने गरेको उनी बताउँछन्। यो हेर्दा राम्रो मात्र होइन, स्वादिलो पनि हुन्छ। तर, यसले तत्काल झाडा वान्त, पखाला र जिउ दुख्ने समस्या सुरु भइहाल्छ।

ती स्वास्थ्यकर्मीका अनुसार कतिपय समय मानिसहरू समस्या सुरु हुने बित्तिकै अस्पताल आउँदैनन्। यसले समस्या बढाउँदै लगेर मिर्गौला कामै नलाग्ने हुनसक्छ। आसाम मेडिकल कलेज र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रशान्त डीगीनीया सुरुवातमा समस्या देखिने बित्तिकै अस्पताल नगएर ढिलाइ गरेका कारण धेरैको ज्यान गएको बताउँछन्।

उनी परम्परागत खानेकुराबाट उनीहरूलाई रोक्न कठिन हुने भएकाले च्याउ चिन्नका लागि नै जागरण अभियान चलाउनु पर्ने बताउँछन्। च्याउको सही पहिचान गर्ने र आवश्यक समयमा उपचार गर्ने कुरामा सबैलाई सचेत गराउन उनले आवश्यक ठानेका छन्।

जङ्गली च्याउका कारण ज्यान गुमाउने भारतमा मात्र होइन, नेपालमा पनि छन्। भारतमा जस्तै नेपालमा पनि सावधानी अपनाउनु जरुरी छ।

त्यहाँका स्वास्थ्य अधिकारी हरेकलाई प्रत्येक दिन व्यक्तिगत भेटेर सम्झाउन कठिन हुने बताउँछन्। उनीहरू एउटा अभियानको रूपमा व्यापक प्रचार प्रसारलाई निरन्तरता दिएमा यसले समस्या समाधान हुन सक्ने कुरामा जोड दिन्छन्। सरकारले स्वास्थ्य स्वयंसेवक प्रत्येक दिन गाउँमा जाने र सबैलाई सम्झाउने प्रयास गरेको बताउँछन्। यसका बाबजुद चापातोलीका बासिन्दा यो सबै मनन गर्न सवालमा धेरै पछाडि परेका छन्। खारियाको गुनासो भने फरक छ। सरकारले अन्तिम समयमा मात्र चासो दिएको उनको भनाइ छ।

जङ्गली च्याउका कारण ज्यान गुमाउने भारतमा मात्र होइन, नेपालमा पनि छन्। भारतमा जस्तै नेपालमा पनि सावधानी अपनाउनु जरुरी छ। यस्ता जङ्गली च्याउ चिन्ने केही आधार छन्। प्राय विषालु च्याउको गन्ध सहन कठिन हुने खालको हुनेगर्छ। यसको डाँठ काटेर टाउको कागजमा राखेर परीक्षण गर्न पनि सकिन्छ। तर, यसका लागि दक्ष प्राविधिकबाट परीक्षण नै गर्न जरुरी हुन्छ।

टाउको या डाँठमा रातो देखिएको च्याउ खानु अघि सतर्क हुनैपर्छ। टाउकोमा टीकाटीका भएको च्याउ त अझ बढी विषालु हुनसक्छ।