मेचीनगरमा मतगणना सुरु

मेचीनगर । मेचीनगर नगरपालिकामा मतगणना सुरु भएको छ । शनिबार १ वजेर १५ मिनेटदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताए ।

विहान ८ वजेदेखि सुरु हुने भनिएको सर्वदलीय बैठक १० वजे मात्र सुरु भएको थियो । दलीय सहमति अनुरुप मतगणना सुरु भएको छ ।

नगरको १५ वटै वडाको १०२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम शनिवार राति नै सम्पन्न भएको थियो ।

मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेराबीच राखिएको थियो ।

मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।

पहिलो चरणमा वडा नम्बर १ देखि मतगणना सुरु

मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना सुरु भएको हो । मतगणना स्थालमा राजनीतिक दलका एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।