मेचीनगरमा ७० प्रतिशत मत खस्यो

मेचीनगर । मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेको छ ।

१५ वटै वडामा खसेको मतको संख्याका आधारमा मेचीनगरमा ७०.६० प्रतिशत मत खसेको हो । नगरमा ९० हजार २०२ मतदाता रहेका थिए ।