मेचीनगरका कुन उम्मेद्वारले कहाँबाट गरे मतदान ?

मेचीनगर । नेकपा एमालेको तर्फबाट मेचीनगर नगर प्रमुखका उम्मेद्वार गोपाल बुढाथोकीले मेचीनगर वडा नं. ९ मा मतदान गरेका छन् ।
शुक्रबार बिहान हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेयरका उम्मेद्वार बुढाथोकीले मतदान गरेका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेद्वार इन्द्र बुढाथोकीले मेचीनगर वडा नंं १० खयरडाँगीस्थित शिशु साक्षर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

त्यस्तै, मेचीनगरका उपप्रमुख पदका दुई उम्मेद्वार मीना पोखरेल उप्रेती र प्रकाश भण्डारीले आफ्नो गृह मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेकी पोखरेलले वडा नं. ६ स्थित काँकरभिट्टा क्याम्पस मतदान केन्द्रमा मतदान गरेकी हुन् भने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसमेतको गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा माओबादी केन्द्रका भण्डारीले वडा नं. ९ को कवि शिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेचीनगरको उपप्रमुखका उम्मेद्वार सबिना बजगाईले चारआलीस्थित सहिद दशरथ मतदान केन्द्रमा मतदान गरेकी छन् । शुक्रबार बिहान साढे ९ बजेतिर मतदान गरेकी हुन् ।

त्यसैगरी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगरको वडा नं. ९ स्थित कवि शिरोमणि माविमा मतदान गरेका छन् । शर्माले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले जित हासिल गर्ने बताए ।