मेचीनगरमा उम्मेद्वार मनोनयन दर्ता उत्साहपूर्वक (फोटो फिचर)

कांग्रेसद्वारा मनोनयन दर्ता

पार्टीको प्रदेश समितिले नेपाली काँग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेद्वार घोषणा गरे लगत्तै केन्द्रीय पार्टी कार्यालयबाट इन्द्रबहादुर बुढाथोकीलाई उम्मेद्वार बनाउने पत्र आएको थियो ।

एमालेद्वारा मनोनयन दर्ता

आसन्न स्थानीय तह चुनावका लागि नेकपा एमालेबाट मेचीनगरको प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मिना पोखरेल उप्रेती उम्मेद्वारी गरेका छ्न् ।

माओवादी केन्द्रद्वारा मनोनयन दर्ता

स्थानीय तहको निर्वाचन माओवादी केन्द्रले संयुक्त गठबन्धनका तर्फबाट मेचीनगरको उप–मेयरमा प्रकाश भन्डारी (संजोग) ले मनोनयन दर्ता गरेका छ्न् ।

राप्रपाका उम्मेद्वारद्वारा मनोनयन दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आफ्नो पार्टीबाट उम्म्दवार बन्ने सवैलाई भ्रष्टचार नगर्न कसम खुवाएर उम्मेद्वारी दर्ता गराएको छ । राप्रपाले मेयरमा रमेश दाहाल, उपमेयरमा सविना बजगाई र १५ वटै वडामा वडाध्यक्ष र वडा सदस्यहरु उम्मेद्वार बनाएको छ ।

एसद्वारा मनोनयन दर्ता

आसन्न स्थानीय तहको निर्वाचन एसले मेचीनगरको उपमेयरमा शारदा शर्मा घिमिरे, वडाध्यक्ष र वडा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

काँग्रेस र एमालेका बागी उम्मेद्वार

नेपाली काँग्रेस मेचीनगर–७ को वडा सभापति कञ्चन बराल र एमाले मेचीनगर–७ का वर्तमान कार्यवाहक वडा अध्यक्ष नेत्रप्रसाद दाहाले वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।देवकुमार राई बागी उम्मेद्वार

एमाले मेचीनगरका इन्चार्ज देवकुमार राईले नगरप्रमुखमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

जसपाद्वारा मनोनयन दर्ता

आसन्न स्थानीय तहको निर्वाचन जसपाले मेचीनगरको वडाध्यक्ष र वडा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।