झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

झापा। भद्रपुर नगरपालिका-४ बरगाछीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७७ वर्षीय जगतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
तीन जना सवार मे-१० प ४४१९ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो ।
उनको उपचारको क्रममा ओम साई पाथीभरा हस्पिटलमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।