अफगानिस्तानमा तालिवान : ८० प्रतिशत पत्रकारले जागिर गुमाए

एजेन्सी । अफगानिस्तानको पत्रकार फाउन्डेसनले अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको जनाएको छ ।

तिनीहरू मध्ये ७९% आफ्नो जागिर गुमाएका छन्। उनीहरूले कष्टकर दैनिकी चलाउन अन्य पेसाको सहारा लिएको बताइएको छ । फाउन्डेसनले विगत डेढ महिनामा अफगान पत्रकारहरूको जीवनयापनको मूल्यांकन गर्दै कमजोर आर्थिक अवस्थाका कारण उनीहरू सबैभन्दा कष्टकर जीवन बिताइरहेको पत्ता लगाएको हो ।

अफगानिस्तानमा ७५ प्रतिशतसम्म सञ्चारमाध्यम आर्थिक संकटका कारण बन्द भएको तथ्यांकले देखाएको खामा प्रेसले उल्लेख गरेको छ ।

यद्यपि, फाउन्डेसनको निष्कर्षले देखाएको छ कि अफगानिस्तानका पत्रकारहरू मध्ये ९१% पत्रकारिता पेशा रोजेकोमा सन्तुष्ट छन् भने ८ प्रतिशत मात्र खुसी छैनन् ।

अफगानिस्तानभर ४६२ अफगान पत्रकारले सर्वेक्षणमा भाग लिएका छन् जसमध्ये ३९० पुरुष र ७२ महिला थिए ।

फाउन्डेसनले अफगान पत्रकारहरूको आर्थिक अवस्थालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय र सरकारलाई आह्वान गरेको छ । अफगानिस्तानमा पत्रकारले विगत दुई दशकमा आफ्नो पदको दुरुपयोग गरेको आलोचना हुँदै आएको छ ।