झापा एमाले अधिबेसनमा पत्रकारहरुको उम्मेद्वारी

झापा । नेकपा एमालेको १० आँै अधिवेशनमा झापामा एक जना पत्रकार सर्वसम्मत जिल्ला सदस्यमा छनोट भएका छन् । ५ जनाले मनोनयन दर्ता गराएका छन् । सर्वसम्मत हुनेमा मेचीनगर नगरपालिकाबाट प्रकाशन हुने लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजी रहेका छन् । प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य समेत रहेका काजीलाई प्रेस चौतारी झापा शाखाले पाटी प्रतिनिधि बनाएर अधिबेसनमा पठाएको थियो ।


यस्तै मेचीनगरकै सन्तोष आचार्य, मुक्ति पौडेल, कमल गाउँपालिकाका टिकाराम उप्रेती र दमक निवासी मिना विस्वकर्माले पाटी जिल्ला सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

पौडेल मेचीनगरबाट प्रकाशित जन–संसद दैनिकका प्रधान सम्पादक हुन् । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत रहेका उनी नगरको वडा नं ६ को प्रतिनिधी बनेर पाटी अधिबेसनमा सहभागी बनेका हुन् । पाटी वडा नं ६ को कमिटीबाट उनलाई प्रतिनिधीमा छनौट गरेर वडा कमिटीले पठाएको हो ।