मेस्सीलाई कोरोना संक्रमण

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीसँगै चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पिएसजीले मेस्सीसँगै लेफ्ट ब्याक जुआन बर्नाट, ब्याकअप गोलरक्षक सर्जियो रिको र युवा मिडफिल्डर नाथनलाई कोरोना पुष्टि भएको पिएसजीले जनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रामक प्रकृतिले स्टार खेलाडी र प्रशिक्षकलाई पुष्टि भइरहेको छ । अब मौरिसियो पोचेटिनोले सोमबार राति कप डे फ्रान्समा मेस्सीविना भान्नेससँग खेल्दैछ ।

पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सी कहिले फ्रान्स फर्कने भन्ने अनिश्चित रहेको बताएका छन् । तर पोचेटिनोले अर्काे आइतबार लियोनविरुद्धको खेलको लागि उपलब्ध हुने बताएका छन् ।

‘हामी लगभग दुई वर्षदेखि कोरानासँग जुधिरहेका छौं । यो संक्रमणबाट बच्न के गर्नुपर्छ, सबैलाई थाहा छ । तर, भाइरसले उपचारबारे अझै अज्ञात छ ।’ पोचेटिनोले भने, ‘लियोको सन्दर्भमा हामी उनको चिकित्सकसँग नियमित सम्पर्कमा छौं । उनलाई अर्जेन्टिनामै कोरोना संक्रमण पुष्टि भएको हो । जबसम्म निको हुँदैनन् । उनी फ्रान्स फर्कन सक्षम हुनेछैनन् । उनी फर्किरएपछि हेर्नेछौं ।’

कोरोना पुष्टि भएसँगै उनी कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएपछि मेस्सीले ९ जनवरीमा हुने लियोनविरुद्धको महत्वपुर्ण खेल पनि गुमाउने सम्भावना छ । यस्तै पिएसजीले आफ्नो ब्राजिली स्टार नेयमारको चोटबाट पुर्णरुपमा निको हुने तर्खरमा रहेको बताएको छ । उनी ९ जनवरीपछि खेलबाट पूनरागमन गर्ने बताइएको छ ।