असमानता र विभेदमा एड्स

अनुहार हेर्दा २५ देखि ३० वर्ष जस्तो देखिने झिनो शरिर वोल्न समेत नसक्ने एक दलित महिला मृत्यू शैयामा छटपटाइ रहेको दृश्यले कतिको मन छुने हो त्यो त भन्न कठिन नै छ । किनकी जातीय समाजमा तल्लो वर्गका मानिसहरु आज पनि रैतिकै दर्जाका रुपमा वाँच्न वाध्य बनाईका छन । कतै कतै दलितहरुको स्वास्थ्य अवस्था र संक्रमणको कुरा उठता समेत रोग र संक्रमणलाई जातीय दृष्टिकोण वाट हेर्ने हरु भनेर उपल्लो मानिएका जातवाट अभिब्यक्ति आउने गरेका छन । हुनत उपल्लो जातका मानिसहरु पनि विभेदमा नपर्ने भन्ने होइन तर तुलनात्मक रुपमा दलित समुदायहरु संक्रामक रोगवाट वढी नै प्रभावित हुने र उपचारको पहुँचमा पुग्न कठिन हुने अवस्था देखिएको छ ।
अशिक्षा र गरिवीका कारण लाउलाउँ र खाउँखाउँ भन्ने उमेरकी १६ वर्षे वालिका जव भारतका सहरमा काम खोज्नका लागि साथी भाइका माध्यमवाट पुग्छीन सुरुमा नै केही वर्ष हेल्परका रुपमा काम गरेपछी ब्युटीपार्लरमा काम गर्ने वातावरण वन्छ । घरायसी गरिवीको मारमा पिल्सीएको जीवनले केही राहत पाएको महसुस हुन थाल्दछ । क्रमिक रुपमा भएको आर्जनको वाँकी अशं आर्थिक अभावमा पिल्सीएको घरपरिवारमा पनि पठाउन पाउँदा घर परिवारले पनि केही राहत महसुस गरेको हुन्छ भने छोरी भएर पनि घरपरिवारलाई आर्थिक सहायता गर्न पाउँदा स्वयं उनीपनि गौरवको महसुस गर्न थाल्छिन ।
समय वित्दै जाँदा गाउँघर तिरकै युवा सँग उनको मन मिल्दछ र दामप्त्य जीवनको सुरुआत हुन पुग्छ । जीवन चल्दै गर्छ तर विबाह पस्चात उनले जीवनमा साथ मात्र होइन संक्रमण समेत प्राप्त गर्छीन । उनको एच.आइ.भि संक्रमणका वारेमा अनेक शंका र उपशंका जन्मेका कारण घरायसी खटपट सुरु हुन्छ र अन्नत जुनी जुनी सम्म सँगै रहने वाचा गरेको श्रीमानवाट उनको सम्वन्ध टुटन जान्छ। मानसिक यातना र उपचारको अभाव झेल्दै भएपनि लामो समय उनी भारतमा नै काम गर्न वाध्य हुन्छिन । जव स्वास्थ्य गल्दै जान्छ त्यसवेला माइतीको शरणमा पुग्नको विकल्प हुदैन । जसोतसो माइतीमा जीवन धान्दै जाँदा उनी ओच्छ्यान लाग्छीन।
सामाजिक लाञ्छना र भेदभावका कारण घरपरिवारमा आफ्नो अवस्था खुलाउन नसकेका कारण उपचारमा जान ढिला हुनु स्वाभाविक नै हो । जव मृत्यू शैयामा जीवनको याचना गर्दैगर्दा उनले आफुमा भएको संक्रमणको वारेमा वोल्न वाध्य हुन्छीन त्यहीवाट घृणा र तिरस्कार समेत सुरु हुन्छ ।परिक्षण पस्चात उपचारका लागि स्वास्थ्य संस्थामा पठाइए पनि स्वास्थ्य संस्थाको गैरजिम्वेवारीका कारण उपचारमा समेत कठिनाइ देखापर्छ उपचारमा विपन्न, दलित तथा सिमान्तकृत समुदायले भोग्ने संरचनात्मक हिंसाको शिकार हुन पुग्नु नियती नै वन्छ ।
सरकारले उपचार अभावका कसैले ज्यान गुमाउन पर्दैन भन्ने गरेको भनाइ हास्यास्पद वन्न पुग्छ । उपचारका लागि पठाइएका अस्पतालले सवै ठिक छ ए.आर.टि. सुरु गर्नु भन्छ तर ए.आर.टि. सुरु गर्नका लागि मेरुदण्डवाट पानी निकाल्नुपर्ने भन्ने फेरी अर्का चिकित्सकको भनाइ आउँछ । चिकित्सको ज्ञानको दायरामा समस्या हो वा वेवास्ता गरेको हो उनीहरुलाई थाहा हुदैन । चिकित्सकले भने वमोजिम कहिले विराटनगर र कहिले धरानको चक्कर काटदा काट्दै उनको जिवन समाप्त हुन्छ ।
नेपालको सन्दर्भमा यो एउटा प्रतिनिधि घटना मात्र हो र यस्ता अनेकन समस्या देशमा हुन सक्छन । रोजगारीका भारत नेपालीहरुको सजिलो गन्तब्य भएको छ सानोतिनो रोजगारी पाइए पनि घना जनसंख्या र स्वास्थ्य सूचनाको अभावमा भारत संक्रमणका लागि श्रोत वन्ने गरेको छ ।
विश्वमा सन् १९८१ मा पहिलो एच आई भी संक्रमित रिपोर्ट भएदेखि सन् २०२० को अन्त्य सम्म ७ करोड ९३ लाख व्यक्तिहरु एचआइभीवाट संक्रमित भइ सकेका छन। त्यसै गरि ३ करोड ६३ लाख मानिसको मृत्यू भइसकेको छ । सन २०२० को अन्त सम्ममा एसिया प्रसान्त क्षेत्रमा ५८ लाख ब्यक्तिहरुमा एच.आइ.भि. संक्रमण भएको अनुमान छ । (राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र)
नेपालमा सन २०२० को अन्त्यमा सम्ममा ३० हजार ३ सय ब्यक्तिमा एच.आइ.भि संक्रमणको अनुमान गरिएकोमा २५ हजार २ सय १४ पहिचान भएका छन,यसै तथ्याकंका आधारमा भन्ने हो भने अव ५ हजार ८६ जना एच.आइ.भि पहिचान हुन वाँकी देखिएको छ । सन २०२० मा मात्र ७५४ ब्यक्तिहरुमा एच.आइ.भि संक्रमण भएको अनुमान छ भने यसै अवधिमा ६३६ ब्यक्तिहरुको एड्सका कारण मृत्यू भएको अनुमान छ जवकी सन २०१० मा मात्र १४ सय १३ ब्यक्तिहरुको मृत्यू भएको अनुमान गरिएको थियो ।
नेपाल सरकारले दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा संक्रमण शुन्यमा पुर्याउने लक्ष्य अनुसार कुल संक्रमित मध्ये ९५ प्रतिशत संक्रमित पहिचान गर्ने , ति मध्ये ९५ प्रतिशतलाई उपचारमा ल्याउने र उपचारमा भएका ९५ प्रतिशतको भाइरस भार (भाइरल लोड) कम गर्ने गरी कार्यक्रमहरु संचालन भइ रहेका भएपनि नेपालमा हाल पहिचान भएका २५ हजार २ सय १४ संक्रमित मध्ये ८३ प्रतिशत अर्थात २० हजार ८ सय ८३ उपचारमा रहेको र ति मध्ये ३१ प्रतिशतको भाइरल लोड नगण्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अहिले ९० प्रतिशतको भाइरल लोड कम हुनु पर्नेमा मात्र ३१ प्रतिशतको भाइरल भार कम हुनुले चुनौती देखिएको छ ।
नेपाल सरकारको अत्यन्त कम श्रोत एच.आइ.भि न्यूनिकरण र उपचारमा खर्चिएको छ र यस अवस्था सम्म दातृनिकायहरुको सहयोगले एच.आइ.भि रोकथाममा ठुलो योगदान दिएको नकार्न मिल्दैन । विशेष गरी सुइद्धारा लागु औषध लिने समुदायमा देखिने गरेको एच.आइ.भि संक्रमण हालमा दिनमा उल्लेख्य मात्रामा घटेको छ । यौनकर्मीहरुमा समेत एच.आइ.भि दर कम भएको छ । कमजोर अवस्थामा रहेका र नसा समेत हराएका लागुऔषध प्रयोगकर्ताहरुका लागि मौखिक प्रतिस्थापन उपचार पद्धति (ओ.ए.टी.) निशुल्क छ । बयस्क जनसंख्यामा ०.१३ प्रतिशत एच.आइ.भि संक्रमण दर रहेको छ । यसका अलावा उच्च जोखिम समुहमा (प्रेप )संक्रमण पुर्व नै लिने औषधि जसले संक्रमण रोक्न मद्धत गर्दछ यसै गरी आकस्मिक जोखिम उत्पन्न भए (पेप) लगायतका प्रभावकारी उपचारका विधिहरु प्रयोग हुदै आएका छन ।
यतिका विधिको अवलम्व हुँदा पनि सत्रंmमित सवै पहिचान गर्ने , पहिचान भएका संक्रमितलाई उपचारमा ल्याउने र गुणस्तर उपचारका कारण भाइरस भार कम गर्ने कार्य प्रभावकारी नभएको हो कि जस्तो देखिनु स्वाभाविक भएपनि हालका दिनमा समेत असमानता र विभेदका कारण विशेषत तल्लो वर्गका मानिसहरु उपचारमा सहजै आउन नसक्ने अवस्था छ । संक्रमण भएपनि संक्रमण लुकाउने भएका कारण अन्तिम अवस्थामा मात्र उपचार केन्द्र आइपुग्ने र आइसकेपछी पनि नेपालको कमजोर स्वास्थ्य प्रणालीका कारण उपचार प्रभावकारी नहुने अवस्थामा सुधार हुन नसक्दा सम्म लक्ष्यमा पुग्न कठिन देखिन्छ ।
यस वर्ष ३४ औं विश्व एड्स दिवशका अवसरमा भने नेपाल सरकारको प्रभावकारी नारा देखिएको छ । “असमानता हटाऔं एड्स अन्त्य गरौं” भन्ने नारा वास्तमा कति कार्यान्वयन हुने हो भोली देखिनै नै छ । उपचारमा असमानता हटाउने र प्रभावकारी रुपमा कार्यक्रम अगाडी वढाउने कार्य आजको प्राथमिकता नै हो भन्नेमा कुनै द्धिविधा पाल्नु आवश्यक छैन । तर यो कसरी संभव वनाउने हो भन्ने विषयमा राज्यका नीति निर्माण तहमा वस्ने देखि तल्लो तहका सबै राजनीतिक दलहरुले आत्मसात गर्न जरुरी छ ।