आइपिएलमा ८ टिमका २७ खेलाडी रिटेन (सूचीसहित)

एजेन्सी । १५ औं सिजनका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुराना ८ टिमले  २७ खेलाडी रिटेन गरेका छन्। पुराना ८ टिमले २ देखि ४ जना खेलाडी आफैंसँग राखेका छन्। यसमा १९ जना भारतीय र ८ विदेशी खेलाडी छन् ।

सन् २०२२ देखि १० टिमले सहभागी जनाउने आईपीएलमा यस वर्षदेखि हरेक टिमलाई ९० करोडको बजेट सिमा तोकिएको छ ।

महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रीत बुमराह, आन्द्रे रसेल, सुनील नारायण र ग्लेन म्याक्सवेललाई उनीहरूको पुरानो टिमले रिटेन गरेका छन्। तर यी २७ नाममा नपरेका केही उत्कृष्ट खेलाडीहरू रिलिज भएका छन् । केही खेलाडी आफैं अक्सनमा जानका लागि रिलिज भए ।

गत संस्करण विजेता टोली चेन्नइै सुपर किंग्स (सिएसके) ले आगामी सिजनको आईपीएलका लागि चार खेलाडी रिटेन गरेको छ । उसले रवीन्द्र जडेजा १६ करोड, महेन्द्रसिंह धोनी १२ करोड, मोइन अली ८ करोड र ऋतुराज गायकवाडलाई ६ करोड र भारूमा रिटेन गरेको छ ।

त्यस्तै, दिल्ली क्यापिटल्सले आईपीएल २०२२ को लागि चार खेलाडी रिटेन गरेको छ । उसले ऋषभ पन्त १६ करोड, पृथ्वी शा साढे ७ करोड, अक्षर पटेल साढे ९ करोड र एनरिक नोर्टजेलाई साढे ६ करोड भारूमा रिटेन गर्‍यो ।

दिल्लीले श्रेयस अय्यर, शिखर धवन, कागिसो रबाडा, रविचन्द्रन आश्विन, स्टिभ स्मिथ, शिमरोन हेटमायर, अमित मिश्रालगायत चर्चित खेलाडीलाई रिलिज गरेको छ ।

सनराइजर्स हैदराबादले आउँदो संस्करणको लागि तीन खेलाडी रिटेन गरेको छ । उसले केन विलियम्सन, अब्दुल समद र अरमान मलिकलाई रिटेन गरेको हो ।

हैदराबादले विलियम्सनलाई १४ करोड भारू पारिश्रमिक दिने सहमतिमा रिटेन गरेको हो । गत सिजनमा उनले ३ करोड भारू पारिश्रमिक पाएका थिए । तर, आईपीएल २०२१ मा टिमको कप्तानी पाउने भएपछि विलियम्सनले पारिश्रमिक पनि राम्रो पाएका हुन् । त्यस्तै, हैदराबादले अब्दुल र मलिकलाई चार/चार करोड भारु दिने सहमतिमा रिटेन गरेको छ ।

उसले राशिद खान, डेविड वार्नर, जोनी बेयरिस्टो, मनिष पाण्डे, जेसन होल्डर, मोहम्मद नाबीलगायत खेलाडी भने अक्सनमा पठाएको छ ।

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आगामी सिजन आईपीएलको लागि पूर्वकप्तान विराट कोहली, अलारउन्डर ग्लेन म्याक्सवेल र तीव्र गतिका बलर मोहम्मद सिराजलाई रिटेन गरेको छ ।

रिटेन गरिएका कोहली र म्याक्सेवलको पारिश्रमिक भने घटाइएको छ । गत सिजनमा १७ करोड भारू पारिश्रमिक लिएका कोहलीले आगामी संस्करणमा भने १५ करोड पाउने छन् । त्यस्तै, म्याक्सवेल पनि मूल्य घटाएर बैंग्लोरमा बसेका छन्। गत सिजनमा उनलाई बैंग्लोरले अक्सनबाट १४ करोड २५ खर्चेर अनुबन्ध गरेको थियो । तर, बैंग्लोरले आईपीएल २०२२ मा भने म्याक्सवेललाई ११ करोड भारु पारिश्रमिक दिने भएको छ ।

त्यस्तै, आरसीबीले मोहम्मद सिराजलाई आगामी सिजनका लागि ७ करोड भारू दिनेछ ।

यस्तै आगामी सिजन आईपीएलको लागि राजस्थान रोयल्सले तीन खेलाडी रिटेन गरेको छ । उसले सञ्जु सामसन, जोस बटलर र यशस्वी जैसवाललाई रिटेन गरेको हो ।

सञ्जुलाई राजस्तानले आगामी सिजनका लागि १४ करोड भारूमा रिटेन गरेको हो भने बटलरलाई १० करोड र जैसवाललाई ४ करोडमा रिटेन गरेको हो ।

राजस्थानले बेन स्टोक्स, जोफ्रा आर्चर, डेविड मिलर, क्रिस मोरिस, इभन लुईस, लियाम लिभिङस्टोनलगायत स्टार खेलाडीलाई भने रिलिज गरेको छ। अब यी खेलाडीहरू अक्सनमा जाने छन् ।

पन्जाब किंग्सले ओपनर मयंक अग्रवाललाई १२ करोड र अर्शदीप सिंहलाई ४ करोड भारूमा अनुबन्ध गरेको छ । पन्जाबले मयंक र अर्शदीपबाहेक अन्य सबै खेलाडीलाई फुकुवा गरेको छ । निवर्तमान कप्तान लोकेश राहुलले आइपिएलमा आउने नयाँ टोलीको कप्तानी गर्ने भएका छन् ।

मुम्बईले कप्तान रोहित शर्मा,  जसप्रित बुमराह, सूर्यकुमार यादव र काइरन पोलार्डलाई रिटेन गरेको छ । रोहित शर्माले १६ करोड भारु पाउने भएका छन् । जुन यसअघिको एक सिजनको भन्दा एक करोड बढी हो । मुम्बईले जस्प्रित बुमराहलाई १२ करोड, सूर्यकुमार यादवलाई ८ करोड र काइरन पोलार्डलाई ६ करोड भारुमा अनुबन्ध गरेको छ। बुमराहको तलब ७ करोडबाट १२ करोड पुगेको हो ।

कोलकाता नाइट राइडर्सले आईपीएल २०२२ का लागि सुनील नारायण, आन्द्रे रसेल, वरुण चक्रवर्ती र वैंकटेश अय्यरलाई रिटेन गरेको छ ।

नारायण र रसेल केकेआरका महत्वपूर्ण सदस्य हुन् । केकेआरका लागि लामो समयदेखि खेल्दै आएका नारायणलाई कोलकाताले ६ करोडमा राखेको छ भने रसेल १२ करोडमा अनुबन्ध भए । यस्तै कोलकाताका युवा खेलाडी अय्यर र चक्रवर्तीलाई टोलीले ८-८ करोडमा रिटेन गरेको छ ।

कोलकाताले प्याट कमिन्स, दिनेश कार्तिक, इयोन मोर्गन, शुभमन गिल, नितीश राणा, शाकिव-अल-हसन जस्ता स्टार खेलाडीलाई भने रिलिज गरेको छ ।

यस्तै सनराइजर्स हैदराबादले आउँदो संस्करणको आईपीएलका लागि तीन खेलाडी रिटेन गरेको छ। उसले केन विलियम्सन, अब्दुल समद र अरमान मलिकलाई रिटेन गरेको हो ।

हैदराबादले विलियम्सनलाई १४ करोड भारू पारिश्रमिक दिने सहमतिमा रिटेन गरेको हो । गत सिजनमा उनले ३ करोड भारु पारिश्रमिक पाएका थिए ।

त्यस्तै, हैदराबादले अब्दुल र मलिकलाई चारचार करोड भारु दिने सहमतिमा रिटेन गरेको छ ।

उसले राशिद खान, डेविड वार्नर, जोनी बेयरिस्टो, मनिष पाण्डे, जेसन होल्डर, मोहम्मद नाबीलगायत खेलाडी भने अक्सनमा पठाएको छ ।