उपसभापतिमा केशवराज पाण्डे नै किन ?

झापा । झापाली राजनीतिमा केशवराज पाण्डे चर्चित नाम हो । मेचीनगर निवासी तिनै युवा नेता पाण्डेले नेपाली काँग्रेस झापाको उपसभापति पदमा आफूलाई उभ्याएका छन् ।
नेपाली काँग्रेस पार्टीमा रहेर लामो समयदेखि राजनीतिक गर्दै आएका पाण्डेले यसअघि जिल्ला कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेका छन् । पार्टीलाई कार्यकर्तासँग जोड्न र सञ्चालन गर्न उनको भूमिकालाई ‘कि पर्सन’ को रुपमा लिने गरिएको छ । यसमा मानेमा पनि युवा नेता पाण्डेको आवश्यकता काँग्रेस पार्टीमा सधैँ खड्किने गरेको छ ।
पार्टी हितका निम्ति सदैव निष्पक्ष रुपमा उभिदै आएका पाण्डे २०४९ सालमा स्ववियू सभापति बनेपछि राजनीतिमा सधैँ सक्रिय छन् । क्रमशः पार्टीको क्षेत्रीय समितिको जिम्मेवारी पूरा गर्दै उनी जिल्ला समितिमा पुगे । जिल्ला समितिमा दुईपटक सदस्य भइसकेपछि उनको आवश्यकतालाई बोध गर्दै कोषाध्यक्षको गहन जिम्मेवारी दिइयो । त्यो पनि उनले कुशलतापूर्वक पूरा गरिसकेका छन् ।
पाण्डे राजनीतिमा मात्रै होइन, सामाजिक तथा उद्योग वाणिज्य क्षेत्रमा पनि उत्तिकै सफल र सक्रिय छन् । लामो समय नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएर उद्योग व्यवसायको क्षेत्रमा योगदान दिलाए । उनकै पहल र प्रयत्नमा मेचीनगरमा औद्योगिक महोत्सवहरु आयोजना गरिए ।


राजनीति र व्यवसाय क्षेत्रलाई सँगसँगै अगाडि बढाएका युवा नेता पाण्डेले काँग्रेस पार्टीलाई अझ सुदृढ र चलायमान बनाउन आफूले उपसभापतिमा उम्मेद्वारी दिएको बताए । ‘मैले पार्टी हितका निमित्त गरेको योगदानलाई कार्यकर्ताहरुले नजिकबाट बुझ्नु भएको छ,’ उनले भने, ‘यो नै मेरो जितको सुनिश्चित आधार हो भन्ने मलाई लाग्दछ ।’