चन्द्रगढी सामुदायिक वनमा दुर्गाप्रसाद भट्टराई विजयी

भद्रपुर । भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वनको अध्यक्षमा दुर्गा प्रसाद भट्टराई निर्वाचित भएका छन्।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा सङ्घीय समाजवादीको संयुक्त गठबन्धन (समावेशी सङ्घीय लोकतान्त्रिक संयुक्त प्यानल)का भट्टराईले नेकपा एमाले र राप्रपाको गठबन्धन (राष्ट्रवादी प्रगतिशील समूह) का चूडामणि मैनालीलाई पराजित गरेका हुन् ।
भट्टराईले ९ सय ७५ मत र मैनालीले ८ सय ३६ मत ल्याएका हुन् । उपाध्यक्षमा राष्ट्रवादी प्रगतिशील समुहका गोकुल ढकाल विजयी भएका छन् ।

त्यस्तै सचिवमा संयुक्त प्यानलका सचिवमा पार्वती मल्ल विजयी भएकी छिन् । सहसचिवमा ईश्वरी प्रसाद रिजाल, कोषाध्यक्षमा अनुज खतिवडा, आदिवासी सदस्यमा कान्टु राजवंशी, जनजाति सदस्यमा वालकुमार राई, दलित समूहमा लाल बहादुर चहार र अपाङ्ग सदस्यमा धुव्र सुवेदी विजयी भएका छन् ।