बुधबारेमा पिकअप पल्टिँदा चालक गम्भीर घाइते

झापा । तीव्र गतिमा इलामबाट झापातर्फ आइरहेको पिकअप गाडी मेची राजमार्गमा अनियन्त्रित भएर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब १ बजे बुद्धशान्ति-३ स्थित जयगंगा धर्मकाटा नजिकै मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र ३-०१-०२४ च ५९०९ नम्बरको इसुजु पिकअप गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक इलाम सूर्योदय नगरपालिका १० बस्ने २३ वर्षिय पवन रिजाल घाइते भएका छन् । गंभीर अबस्थाका घाइतेको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।

उनको बाहिरी चोट नदेखिए पनि बोल्न नसक्ने अवस्थामा प्रहरीले उद्दार गरेको थियो ।