रोट्रयाक्ट मेचीनगरको बाल दिवस बाल आश्रममा

धुलाबारी । रोट्रयाक्ट क्लब अफ मेचीनगरले यस पटकको बाल दिवस बाल आश्रममा मनाएको छ ।

मंगलबार मेचीनगर ९ स्थित स्वबोध साधना केन्द्र अनाथ बाल आश्रममा पुगेर रोट्रयाक्टले राष्ट्रिय बाल दिवस मनाएको हो । क्लबले विभिन्न सामग्री वितरण गर्दै केकसमेत काटेर दिवस बनाएको हो ।

बाल दिवसको अवसरमा क्लबले बाल बालिकाहरुलाई पठनपाठन एवम् खेलकुदका सामग्री, प्याड तथा खानेकुराहरु वितरण गरेको क्लबकी सदस्य करीना पौडेलले जानकारी दिइन् ।

सो अवसरमा क्लबका तर्फबाट अध्यक्ष इवान लुईटेल, सचिव विशाल काफ्लेलगायतका क्लबका पदाधिकारीहरु सहभागी थिए ।