मेचीनगरमा २७ सयबढीले लगाए जोन्सन खोप

मेचीनगर । कोरोना भाइरस विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप मेचीनगरमा २५ सयबढीले लगाएका छन् ।

मेचीनगरमा बुधबार र बिहीबार गरी दुईसम्म चल्ने जोन्सन खोप अभियान अन्तर्गत बुधबार सातवटा वडाका २ हजार ७ सय २६ जनाले खोप प्राप्त गरेका छन् ।

मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले दिएको जानकारीमा वडा नम्बर १ मा २ सय ५५, २ मा २ सय २६, ५ मा २ सय, ६ मा ६ सय ४५ जनाले खोप लगाएका छन् ।

त्यसैगरी वडा नम्बर ९ मा ४ सय ५०, १२ मा २ सय ४५ र १४ मा २ सय २५ जनाले खोप लगाएका छन् ।

मेचीनगरका वडाहरुमा रहेका खोप केन्द्रवाहेक मेची भन्सार तथा यातायात कर्मचारीहरु गरी थप ४ सय ८० लेसमेत खोप प्राप्त गरेको संयोजक बरालले जानकारी दिए ।

नगरपालिकाबाट दिइने खोपलाई भने बिहीबारबाट मात्र सञ्चालन गरिने बरालले बताए । उनका अनुसार मेचीनगरमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा व्यवसायीलगायत खोप लगाउनका छुटेका लक्षित वर्ग सबैले खोप प्राप्त गर्दै जाने छन् ।

मेचीनगरमा बिहीबार वडा नम्बर ३, ४, ७, ८, १०, ११, १३ र १५ गरी ८ वटा वडाहरुमा खोप लगाइँदै छ ।