काँग्रेस निकट नेपाल तामाङ संघ मेचीनगर गठन

मेचीनगर । काँग्रेस निकट भातृ संगठन नेपाल तामाङ संघ मेचीनगर गठन भएको छ ।

मंगलबार नेपाली काँग्रेस क्षेत्रीय पार्टी कार्यालय धुलावारीमा सम्पन्न भेलाले तामाङ संघ मेचीनगर गठन गरेको हो ।

भेलाले विमल तामाङको सभापतित्वमा ११ सदस्यीय नगर स्तरीय समिति चयन गरेको नेपाली काँग्रेस मेचीनगर सचिव हस्त आङ्दम्बेले जानकारी दिए ।

संघको उप–सभापतिमा दिनेश तामाङ, सचिवमा सन्देश तामाङ, कोषाध्यक्षमा दिलमाया तामाङ र सह–सचिवमा फुलमाया तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा खगेन्द्र तामाङ, पुष्प तामाङ, कविराज तामाङ, पदमबहादुर तामाङ, सुष्मा तामाङ र टटबहादुर तामाङ रहेका छन् ।

नेपाली काँग्रेस जिल्ला सचिव प्रेम सम्वाहम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरु नेपाली काँग्रेस मेचीनगर सचिव हस्त आङ्दम्बे, बिना तामाङ, ज्ञानु तामाङलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता भक्तबहादुर तामाङले गरेका थिए ।