झापामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन घाइते

झापा । मोटरसाइकलको ठक्करबाट गौरादहमा एक पैदलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गौरादह नगरपालिका–३ का ७२ वर्षीय चेतबहादुर दाहाललाई सोमबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र १०१–०१२ प ५९९० नम्बरको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएको थियो । ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।