इटालीले जित्यो युरो कपको उपाधि

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको समय १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भएको हो ।